गृह राज्यमन्त्री निशिथ प्रामाणिकको गाडीमा हमला

00-1-IMG-20230225-WA0213

कोचबिहार: दिनहाटाको बुडीरहट क्षेत्रमा केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिकको कारमा हमला गरेको साथै गोली हानेको आरोप तृणमूल कांग्रेसलाई लगाइएको छ। केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिक शनिबार दिउँसो बुडीरह क्षेत्रमा अर्को घटनामा घाइते भएका एक भाजपा कार्यकर्तालाई भेट्न जाँदै गर्दा तृणमूलका समर्थकहरूले कालो झण्डा देखाएर उनको बाटो अवरुद्ध गरेको समाचार छ। त्यसपछि भाजपा कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गर्न थाले।

यो विवादमा तृणमूल र भाजपा कार्यकर्ताहरुमा झमेला हुँदा बम विष्फोटसँगै तृणमूल कांग्रेसका कार्यकर्ताहरूले गोली चलाएको भाजपाले आरोप लगाएको छ। केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रमाणिकको गाडीमा समेत ढुंगामुढा गरिएको समाचार छ। ढुंगामुढाबाट उनको गाडीमा क्षति भएको छ। घटनास्थलमा साहेबगञ्ज पुलिस थानाको पुलिस परिचालन गरिएको थियो भने स्थिति नियन्त्रणमा लिन पुलिसले अश्रुग्यास चलाउनु परेको थियो। यस सन्दर्भमा, केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामानिकले भने, ‘उनीहरूको दिनको लागि सबै कार्यक्रम पुलिसलाई पहिले नै सूचित गरिएको थियो। यति हुँदाहुँदै पनि पुलिसकै अगाडि उनको कारमाथि हमला भइरहेको थियो। जहाँ पुलिस प्रशासनले केन्द्रीय मन्त्रीको सुरक्षा गर्न सक्दैन, त्यहाँ सर्वसाधारण पनि सुरक्षित छैनन्। राज्यको यही राजनीतिक अवस्थाका कारण आज लोकतन्त्र संकटमा परेको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement