मिजेल्स र रूबेला खोप कार्यक्रम तीनधारेको ब्लु डाइमण्ड अङ्ग्रेजी स्कुलमा समपन्न

21_09_2022-vaccine_demo1.jpg

तीनधारे: तीनधारेको ब्लु डाइमण्ड निजि विद्यालयमा मिजेल्स र रूबेला खोप लगाइने कार्यक्रम सम्पन्न भयो। स्वास्थ्य विभागको निर्देशन एवम् खण्ड प्राथमिक स्वस्थ्य केन्द्र सुकनाको पहलमा सम्पन्न यस कार्यक्रममा ब्लू डाइमण्ड स्कूलका मोठ १०० जना विद्यार्थीहरूलाई मिजेल्स रूबेलाको खोप लगाइयो। यस कार्यक्रममा स्कुलका निर्देशक प्रह्लाद रसाइली, शिक्षक-शिक्षिकावर्ग, स्वास्थ्य केन्द्रका एएनएम विनुराधा खाती र प्रतिभा दर्नाल, मिजेल्स रूबेला खोपका इन्सपेक्टर उदय छेत्री तथा आशाकर्मीहरूको उपस्थिति रहेको थियो उपस्थित स्वस्थ्य अधिकारीहरूले मिजेल्स रूबेला खोप लगाउने विषयमा अभिभावकहरूलाई जानकारी गराए। उक्त कार्यक्रम सफल बनाउन स्कूलका शिक्षक-शिक्षिका अनि अभिभावकहरूको प्रत्यक्ष सहयोग रहेको स्कुलका प्राचार्य रवि सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement