गृहिणीको हत्या गरेको आरोपमा लोग्ने र सासु पक्राउ

5079.jpg

अलिपुरद्वार: लोग्ने र सासुलाई धारिलो हतियारले प्रहार गरेर गृहिणीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। यो घटना अलिपुरद्वार नगरपालिकाको ४ नम्बर वार्डमा घटेको हो। मृतक महिला फेनाली विश्वासको रूपमा चिन्हित गरिएको छ। गत अबेर राति एउटी गृहिणीलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको पुलिसले खबर पाए। घटनाको खबर पाएर पुलिस अलिपुरद्वार नगरपालिकाको ४ नम्बर वार्डको राधामाधव मन्दिर संलग्न इलाकाको एउटा घरमा पुगेर क्षत-विक्षत अवस्थामा महिलाको शव उद्धार गरेपछि अलिपुरद्वार जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले महिलालाई मृत घोषित गरिदिए। पुलिसले सन्देहको आधारमा लोग्ने र सासुलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement