फाटापुकुरको जुटमिल अघि भयावहआगलागी

7661c48c-5f78-410d-acb6-54be2ba00a5f-1024x576.jpg

राजगञ्ज: राजगञ्ज खण्डको फाटापुकुर संलग्न पानीकोरी इलाकाको एउटा जुटमिल अघि आगलागीको घटना घटेको छ। जानकारी अनुसार आज बिहान जुट मिलअघि मैला फ्याँकेको ठाउँमा आगो लागेपछि इलाकाभरि धुवाँ फैलियो। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर दमकल विभागलाई खबर दिए। फुलबारी तथा सिलगढीबाट दमकलको दुइवटा इञ्जिन घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको छ। घटनामा कसैको ज्यानलाई कुनै प्रकार क्षति नपुऱ्याएको बताइएको छ। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे थाहा लागेको छैन। अर्कोतिर, घटनाको खबर पाएर आईएनटीटीयुसी का ब्लस अध्यक्ष सोलेमान मोहम्मद पनि घटनास्थलमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement