गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीको सभा पर्जापट्टाको चर्चा

00-1-IMG-20230225-WA0149

दार्जीलिङ: गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) दार्जीलिङ ब्राञ्च कमिटीको साङ्ठनिक सभा आज दार्जीलिङ शाखा कार्यलयमा सम्पन्न भयो। गोरानासं दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष बसुन्धारा प्रधानको अध्यक्षतामा बसेको केन्द्रीय समितिकी सदस्य मणिकला तामाङको विशेष उपस्थितिमा सभामा रेखा राईले संचालन गरिन्। १४ वटा समष्टिका प्रतिनिधिहरुलाई लिएर बसेको सभामा बर्तमान पहाडको राजनैतिक विषयहरुलाई लिएर छलफल गर्दै साङ्ठनिक विस्तारबारे चर्चा-परिचर्चा गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिएका छन्। सभा पछि गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष बसुन्धारा प्रधानले प्रेस विज्ञप्ति जारी गर्दै भनिन्, ‘आजको सभामा साङ्ठनिक विषयलाई लिएर छलफल गर्दै वर्तमान पहाडको राजनैतिक गतिविधि लिएर राजनैतिक कार्यक्रमहरू गर्ने विषयमा छलफल गरेका छौंl’ बङ्गाल विधानसभामा भाजपाका विधायकद्वय निरज जिम्बाले बङ्गाल विभाजनविरुद्धको प्रस्तावविरुद्धमा दस्तावेजसहित बुझाएर गोर्खाहरुको आवाजलाई बुलन्द पारेको भन्दै उनले धन्यवाद जनाएकी छिन्l उनले भनिन्, ‘वर्तमान समयमा पहाडको राजनैतिक नेता अनि बुद्धिजीवि वर्गले गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले गरेको कार्यलाईलाई सही ठान्दै आएको मिडियाद्वारा हामीले जान्न पाउँदैछौंl ढिलै भए पनि बुझ्दैछन्। सुवास घिसिङले आफ्नो स्वार्थको निम्ति होइन, तर समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति गरेका हुन्l त्यस समयमा सबैले बुझिदिएको भए आज गोर्खा जातिले दु:ख पाउने थिएनन्l’

पर्जापट्टाको विषय लिएर बसुन्धारा प्रधानले भनिन्, ‘सुवास घिसिङले कमान-बस्तीका जनताले दु:ख नपाओस् भनेर यस विषयमा पनि कार्य गरेको हो, तर विरोध गर्ने हुँदा आज हामीलाई शरणार्थी बनाउने षड्यन्त्र हुँदैछl तर हामी यस्तो हुन दिने छैनौं, हामी जनताको पक्षमा उभिएका हुनेछौं। हामीलाई पर्जापट्टा माथि विरोध छैन, तर पर्जापट्टा पक्का हुनुपर्‍यो, शरणार्थी बनाउने पर्जापट्टा बाँडेर जनतालाई झुक्याउनु हुँदैनl यसकारण कमान-बस्तीका जनता अब सचेत हुनुपर्छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *