नक्सलबारीमा भएको सवारी दुर्घटनामा ११ जना गम्भीर घाइते

Screenshot_20230225_151425_WhatsApp.jpg

सिलगढी: नक्सलबारीमा अबेर राति भएको दर्दनाक सडक दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन्। एशियन हाइवे–२ मा नक्सलबारीको खाल्पारा टर्न नजिकै अटो र मारुती एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। पानीटाङ्कीबाट सिलगढीतर्फ जाँदै गरेको अटोलाई विपरीत दिशाबाट बिहारतर्फ जाँदै गरेको मारुतीसँग ठक्कर दिएको बताइएको छ। घटनामा अटो पल्टिदा मारुतीमा क्षति पुगेको छ। अटोमा ७ महिला र २ पुरुष यात्री थिए भने मारुतीमा २ युवा सवार थिए। ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुगेका थिए। मानिसहरूले घाइतेहरूलाई गाडीबाट निकालेर पुलिसलाई खबर गरेका थिए। खबर पाएलगत्तै नक्सलबारी पुलिस र दमकल घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी पहिले नक्सलबारी अस्पताल र पछि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लगिएको थियो। दुर्घटनामा अटोमा २ जना फसेका छन्। उनीहरूलाई दमकलले निकै प्रयासपछि बाहिर निकालेको थियो। घटनाले एसियाली राजमार्गको दुवैतर्फ ट्राफिक जाम भएको छ। पुलिसले दुर्घटनामा परेका दुवै सवारी साधनलाई राति नै पुलिस चौकीमा ल्याएको छ। घटनाबारे पुलिस चौकी नक्सलबारीले अनुसन्धान थालेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *