मेयरले आगलागीमा परेका परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन

236a01e7-7466-4a01-8734-b9185557555d

सिलगढी: सिलगढीको वार्ड नम्बर ३२ अशोक नगरको एक घरमा शनिबार बिहान खाना पकाउने क्रममा अचानक आगलागी भएको छ। घरपरिवार बाहेक कसैलाई पनि क्षति पुगेको छैन। खबर पाएलगत्तै महानगरपालिकाका मेयर लगायतका अधिकारी घटनास्थल पुगेर घरधनीसँग कुरा गरेका थिए। मेयरले परिवारलाई सिलगढी नगरपालिकाबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्। साथै उनीहरूलाई सबैका लागि आवास परियोजना अन्तर्गत समेटेर स्थायी घर दिने व्यवस्था मिलाइदिने प्रतिबद्धता समेत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement