युवा खेलाड़ीहरूका प्रतिभा निखार्ने जिम्मेवारी पाए प्रशिक्षक बबलू गुप्ताले

IMG-20230225-WA0111.jpg

२५ फरवरीः कालेबुङ डिस्ट्रिक्ट स्पोर्ट्स एसोसिएशन (केडीएसए)-ले प्रशिक्षक बबलू गुप्तालाई आयु वर्गका खेलाड़ीहरूलाई मार्गदर्शन प्रदान गर्न आफ्नो मुख्य प्रशिक्षक नियुक्त गऱ्यो।

एएफसी सी लाइसेन्स धारक प्रशिक्षक बबलू गुप्ता अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ), एशियाई फूटबल परिसंघ (एएफसी) र फीफा-का प्रतिनिधि पनि हुन्, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका आयोजनहरूमा आफ्नो सेवा प्रदान गरिसकेका छन्। वेष्ट बेंगल डिस्ट्रिक्ट स्पोर्ट्स एसोसिएशन र इण्डियन फूटबल एसोसिएशन (आईएफए)-मा पञ्जीकृत केडीएसए-ले बबलू गुप्तालाई गत २० फरवरीको दिन मुख्य प्रशिक्षक नियुक्त गऱ्यो।

सप्तश्री ज्ञानपीठका शिक्षक बबलूले अब आयु वर्ग (१८ वर्षभन्दा कम्ती उमेर)-का युवा खेलाड़ीहरूलाई स्थानीय मेला ग्राउण्डमा प्रशिक्षण प्रदान गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement