नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८५,७९९ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७६४ पुगेको छ। यसरी नै यस अवधिमा १०६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५२,९४५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या २,०९० रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०६,१२६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,८३,७५,२३५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,७१२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६३,७४,८४१ जनाले यो खोप लगाइसकेको छन्।