रायपुरमा कङ्ग्रेसको महाधिवेशन शुरु: मल्लिका अर्जुन खरगे बने भावुक

00-1-Congress

नयाँ दिल्ली: कांग्रेसको अधिवेशन रायपुरमा शुरु भएको छl अधिवेशनमा कांग्रेसका अध्यक्ष मल्लिका अर्जुन खरगे निक्कै भावुक बनेl उनले भने, ‘कांग्रेसजनको विश्वास मेरो जीवनभरको कमाइ हो। यो कांग्रेसमा मात्र सम्भव छ, जो एक समय ब्लक कांग्रेस कमिटीको अध्यक्ष थिए, अहिले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष छन्l’ उनले अझ भने, ‘आज म पनि भावुक भएको छु किनकी म र तपाई त्यो गौरवशाली सम्पदाको प्रतिनिधित्व गर्दैछौं, जसलाई गान्धीजी, नेहरू, पटेल, बोस, आजाद, राजेन्द्र प्रसाद, इन्दिरा, राजीवजीले आफ्नो त्याग र बलिदानले सिंचेका छन्l’ उनले कांग्रेसलाई ‘सेवा, संघर्ष र बलिदान सबैभन्दा पहिला हिन्दुस्तान’ भन्ने नारा दिए। बिहान रायपुरमा भएको महाधिवेशनमा कांग्रेस नेताहरू पुगेपछि सोनिया गान्धीको उपस्थितिमा पार्टी अध्यक्ष मल्लिकार्जुन खरगेले झण्डा फहराएर अधिवेशन शुरुवात गरे। कांग्रेसले ८५औं अधिवेशनका लागि तयार पारेको मञ्चको एक छेउमा नेहरू देखिन्छन् भने अर्को छेउमा खरगे, राहुल र सोनिया पनि देखिन्छन्। कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रालाई स्वागत गर्न रायपुरको सडकमा फूलहरू राखिएको थियो। प्रियंका गान्धी ८५औँ पूर्ण सत्रमा भाग लिन आज रायपुर पुगेकी छन्। कांग्रेस समर्थकहरूले आज बिहान प्रियंका गान्धीलाई स्वागत गर्न बाटोमा गुलाबको फूल छरेका थिए। उनीहरुमाथि गुलाबको फूलको वर्षा गरियो। प्रियंका गान्धीले हात जोडेर सबैको अभिवादन स्वीकार गरिन्। बिहान करिब ११ बजे ‘वन्दे मातरम’बाट अधिवेशनको औपचारिक शुरुवात भएको थियो। सबैजना आफ्नो ठाउँमा उभिए। रंगमञ्चमा तिरंगाको मनोरम तस्वीर देखियो अनि वातावरण ‘वन्दे मातरम’को धुनमा देशभक्तिले रंगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement