कोविड़ सिक्किम: एक कोरोना रोगीको मृत्यु

IMG_20210910_192109-1-1.jpg

गान्तोक: धेरै महिनापछि राज्यमा पूनः कोरोना संक्रमित एक रोगीको मृत्यु भएको थाह लागेको छ। आज एक जना कोरोना रोगीको मृत्युसँगै वर्ष २०२० देखि यता मृत्यु हुनेको संख्या ५ सय पुगेको छ।

हाल राज्यमा कोरोनाको सक्रिय मामिला एउटा रहेको छ भने आज पनि एक जना कोरोना संक्रमित रोगी फेला परेको राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्टमा उल्लेख गरिएको छ। विभागद्वारा आज जारी रिपोर्ट अनुसार हिजो कूल ६४ जनाले कोरोनाको जाँच गरेका थिए,जसमा एक जनाको रिपोर्ट पोजिटीभ आएको छ। विभागले जानकारी गराए अनुसार हिजो गान्तोक जिल्लाबाट ६१ जना, पाकिमबाट १ जना र सोरेङ जिल्लाबाट २ जनाले जाँच गरेका थिए।

जानकारी गराइन्छ, कोरोनाभाइरस शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३२५ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये हालसम्म ४३ हजार ४० जना कोरोनामुक्त बनिसकेका छन्। यस भाइरसको संक्रमणबाट मोठ ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement