न्यूजील्याण्ड यात्राको निम्ति टीमको घोषणा गऱ्यो श्रीलंकाले

IMG-20230225-WA0104.jpg

२५ फरवरीः दिमुथ करुणारत्नेले ९ मार्चदेखि न्यूजील्याण्ड विरुद्ध खेलिने दुईवटा टेस्ट म्याचको सीरीजको निम्ति श्रीलंकाई टीमको कप्तानी गर्नेछन्। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा स्थान बनाउन श्रीलंकाको निम्ति यो सीरीज महत्त्वपूर्ण हुनेछ। भारतले अष्ट्रेलियालाई चारैवटा टेस्टमा पराजित गरे अनि न्यूजील्याण्डले दुवै टेस्ट म्याच हारे श्रीलंकाले डब्ल्यूटीसी फाइनलमा स्थान बनाउनेछ। श्रीलंका क्रिकेट (एसएलसी)-द्वारा जारी आधिकारिक बयानमा भनिएको छ, श्रीलंका क्रिकेट चयन समितिले आउँदो न्यूजील्याण्ड यात्रामा खेलिने दुईवटा टेस्ट म्याचको सीरीजको निम्ति १७ सदस्यीय टीमको चयन गरेको छ। न्यूजील्याण्डा श्रीलंकाई टीमको खराब रेकर्ड रहेको छ। श्रीलंकाले त्यहाँ अहिलेसम्म १९ वटा टेस्ट म्याच खेलेर केवल दुईवटा जितेको छ। प्रशिक्षक क्रिस सिल्वरवुडको मार्गदर्शनमा श्रीलंकाले टेस्ट प्रारूपमा असल प्रदर्शन गरिरहेको छ। श्रीलंकाले यस यात्रामा दुईवटा टेस्ट, तीनवटा वनडे र तीनवटा टी२०आई म्याच खेल्नेछ। दोस्रो टेस्ट म्याच वेलिंगटनमा १७-देखि २१ मार्चसम्म खेलिनेछ।
श्रीलंकाई टेस्ट टीमः दिमुथ करुणारत्ने (कप्तान), ओशदा फर्नाण्डो, कुसल मेण्डिस, एञ्जेलो म्याथ्यूज, धनञ्जय डी सिल्वा, दिनेश चाण्डीमल, कामिन्दु मेण्डिस, निरोशन डिकवेला, निशान मदुष्का, रमेश मेण्डिस, प्रभात जयसूर्या, चमिका करुणारत्ने, कसुन रजिथा, लाहिरु कुमारा, असिता फर्नाण्डो, विश्व फर्नाण्डो र मिलन रत्नायके।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement