राष्ट्रमण्डल संसदीय सङ्घको दुई दिवसीय सम्मेलनको समापन

IMG-20230224-WA0298.jpg

संसदीय संघको बैठकमा तीनवटै विषयलाई हाइलाइट गर्नु बुद्धिमानी निर्णय -राज्यपाल

गान्तोक: सिक्किम विधानसभामा राष्ट्रमण्डल संसदीय संघ ३ को सम्मेलन आज समाप्त भयो। सम्मेलन सिक्किम शाखाले आयोजना गरेको थियो जसमा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लोकसभाका अध्यक्ष ओम बिरला प्रमुख अतिथि थिए। यसरीनै राज्यसभा उपाध्यक्ष हरिवंश नारायण सिंह विशेष अतिथिका रुपमा उपस्थित थिए। आफ्नो पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले यस्तो भव्य र प्रतिष्ठित कार्यक्रममा सहभागी हुन पाउँदा हर्ष लागेको उल्लेख गरे। उनले सिक्किमको सुन्दर, शान्त, ठाउँमा राज्यपाल नियुक्त गरेको खुसी लागेको बताए। यसलाई सौभाग्यको कुरा हो,भन्दै खुसी व्यक्त गरेको हो। यो सम्मेलनमा अन्तरक्रियात्मक सत्र र छलफलका लागि तीनवटा विषयमा छलफल भएको थियो, जसमा विधायक र सर्वसाधारणबीच उचित समन्वय कसरी गर्ने. लागुऔषधको बढ्दो प्रभावलाई कसरी रोक्ने र सर्वसाधारणलाई कसरी बचाउने यसबारे कसरी सचेत हुने र बढ्दो साइबर अपराध र यसको समानहरूबारे चर्चा गरिएको थियो। राज्यपालले पहिलो विषयमा आफ्नो धारणा राख्दै एक विधायक तथा सांसदको रूपमा, विधायिकालाई नागरिकको लागि थप पहुँचयोग्य बनाउन सबैभन्दा पहिले आमजनताप्रतिको प्रेम–सवेदनाको मूल मूल्य विकास गर्न जरुरी छ भनी बताए। संसद र व्यवस्थापिकालाई जनताको पहुँचमा पुऱ्याएर लोकतन्त्र सुदृढ गर्ने त्यसैगरी लागुऔषधको बढ्दो प्रभावलाई सामाजिक विकृतिका रूपमा व्याख्या गर्दै यसले समाजलाई नै नोक्सान पुऱ्याउने बताए। उनले विधायकले समस्याको जरा पहिचान गरी पूर्णरुपमा समाधान गर्नुपर्ने बताए। यसलाई सांसद/विधायकका रूपमा युवाहरूबाट टाड़ा काथ्नुपर्ने नीतिमा जोर दिनुपर्ने उल्लेख गरे। लागुऔषधि दुरुपयोगका खतरनाक असरहरूबारे सचेतना फैलाएर यसको खतरालाई हटाउने आह्वान गर्दै राज्यपालले साइबर अपराधको मुद्दालाई ऐन अवलम्बन गरी काम गर्नुपर्ने जोर दिए। संसदीय संघको बैठकमा तीनवटै विषयलाई हाइलाइट गर्नु निकै बुद्धिमानी निर्णय भएको पनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *