जोइण्ट एक्सन काउन्सिलद्वारा लोकसभा अध्यक्ष ओम बिरलासँग भेट

IMG-20230224-WA0297.jpg

गान्तोक: जोइन्ट एक्शन काउन्सिल (जेएसी) को एउटा प्रतिनिधि टोलीले आज राजभवनमा हाल सिक्किम भ्रमणमा रहेका लोकसभा अध्यक्ष ओम बिरलासित भेट गऱ्यो। यस अवसरमा लोकसभा अध्यक्षको साथमा दार्जीलिङका लोकसभा सांसद राजु विष्टको पनि उपस्थिति रहेको थियो। भेटवार्ताको क्रममा जेएसी-को प्रतिनिधि टोलीले गत १८ फरवरीको दिन गान्तोकमा सम्पन्न सर्व दलीय बैठकले पारित गरेको प्रस्तावको प्रतिलिपि लोकसभा अध्यक्षलाई बुझाएको छ।

लोकसभा अध्यक्षसितको कुराकानीमा जेएसी-को प्रतिनिधि टोलीले कसरी सिक्किमेको परिभाषा विकृत भएको छ भन्ने बारेमा अवगत गराए। यसको साथै देशको संविधानले प्रदान गरेको सिक्किमेको यस विशेष परिभाषालाई पुनर्स्थापना गर्नमा सहयोग गर्ने माग पनि राखे। यसको साथै राज्य विधानसभामा गुमेको नेपाली आसन पुनर्वहालीको निम्ति पनि जोइन्ट एक्शन काउन्सिलले लोकसभा अध्यक्षसमक्ष कुरा राखेको छ। जेएसी प्रतिनिधि टोलीको कुरा ध्यानपुर्वक सुनेपछि लोकसभा अध्यक्ष ओम बिरलाले सम्बन्धित विषयहरूलाई संज्ञानमा लिएर आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

अर्कोतिर सिक्किम र सिक्किमेमाथि आइपरेको प्रतिकुल परिस्थितिमा सहयोग र ऐक्यवद्धता जाहेर गरेकोमा जोइन्ट एक्शन काउन्सिलले सांसद राजु विष्ट मार्फत छिमेकी दार्जीलिङ र उत्तर बङ्गालवासी प्रति आभार व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *