“आमा” योजनाका लाभार्थीहरूले 3 मार्चको दिन वित्तीय सहयोग पाउने

IMG-20230224-WA0295.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा सरकारको महत्वाकांक्षी योजना “सिक्किम आमा सशक्तिकरण योजना” अन्तर्गत आगामी ३ मार्चदेखि लाभार्थी आमाहरूले वित्तीय सहयोग प्रदान गरिने भएको छ। आज सत्तारुढ़ पार्टीले प्रेस विज्ञप्ति जारी गरेर यसको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, मुख्यमन्त्री पीएस गोलेको परिकल्पनामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारद्वारा कार्यान्वयनमा ल्याइएको एक उत्कृष्ट योजना “सिक्किम आमा सशक्तिकरण योजना” अन्तर्गत आगामी ३ मार्च २०२३ देखि आमाहरूलाई वित्तीय सहयोग प्रदान गर्न शुरु गरिने भएको छ। पाक्योङ जिल्ला अन्तर्गत रम्फूमा ३ मार्चको दिन आयोजन हुने घर दैलो अभियान समापन कार्यक्रमबाट आमाहरूलाई यस योजना अन्तर्गत वित्तीय सहायता प्रदान गर्न शुरु गरिनेछ भने यसबाट १४ हजार भन्दा धेरै आमाहरूलाई सम्माननीय मुख्यमन्त्रीले लाभान्वित गराउनुहुनेछ।

उल्लेखनीय छ, सिक्किमका आमाहरु जसको केही पनि आय-आर्जनको माध्यम छैन अथवा जसको घरमा कोही पनि सरकारी कर्मचारी छैनन् त्यस्तो परिवारका आमाहरुका निम्ति वार्षिक रूपमा २० हजार रुपियाँको आर्थिक सहयोग सरकारले महिला एवं बाल विकास विभाग मार्फत प्रत्येक वर्ष प्रदान गर्ने प्रावधान रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *