गान्तोक: राज्यका ग्रामीण विकास विभाग मन्त्री सोनम लामालाई पार्टीले खाम्दोङ–सिङताम निर्वाचन क्षेत्रको प्रभारीकोरूपमा नियुक्ति गरेको छ। आज एसकेएम पार्टी मुख्यालयका महासचिव पवन गुरूङले मन्त्री लामालाई उक्त क्षेत्रका प्रभारीकोरूपमा मनोनित गरेको जानकारी गराएका छन्। उल्लेखनीय छ, उक्त निर्वाचन क्षेत्रबाट वर्ष २०१९ को चुनाउमा विजयी बनेका डा. एमके शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि पार्टीले यस प्रकारको निर्णय लिएको हो। विधायक शर्माले स्वास्थ्य विभागको मन्त्री पदमा तीन वर्षसम्म रहेर काम गरेपछि राजीनामा दिएका हुन्। उनले राजीनामा दिएपछि सो क्षेत्रका जनतालाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले पार्टीले यस प्रकारको निर्णय लिएको हो।