राज्यका २५ जना विद्यार्थी अभिमुखी भ्रमणको निम्ति उडिसा प्रस्थान

IMG-20230224-WA0293.jpg

गान्तोक: राज्यका शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आज २५ जना विद्यार्थीर र ५ जना संयोजकहरूलाई उडिसा अभिमुखी भ्रमणको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। युवा संगम कार्यक्रम मार्फत मन्त्री लेप्चाले लोकसभा सांसद इन्द्र हाङ सुब्बाको उपस्थितिमा एमजी मार्गबाट झण्डा हल्लाएर प्रस्थान गराएका हुन्। आज उडिसा प्रस्थान गर्ने २५ जना विद्यार्थीहरू राज्यका सातवटा शैक्षिक संस्थानबाट एक्सपोजर भ्रमणको निम्ति छनौट गरिएको हो। आफ्नो छोटो सम्बोधनमा मन्त्री लेप्चाले सहभागीहरुसँग अन्तरक्रिया गर्दै उडिशा राज्यको संस्कृति र परम्पराको बारेमा ज्ञान हासिल गर्न र यात्राबाट फर्कने क्रममा आफ्ना सहयात्रीहरूसँग अनुभव बाँड्नु पर्ने साथै यस अवसरको सदुपयोग गर्न प्रोत्साहित गरे। उनले सहभागीहरूलाई उनीहरूले भ्रमणमा सिक्किमको प्रतिनिधित्व गर्ने र आफूलाई राज्यको योग्य राजदूतको रूपमा बोक्न र भ्रमणको क्रममा सिक्किमको समृद्ध संस्कृति र सौहार्दपूर्ण प्रस्तुत गर्नुपर्ने आग्रह गरे।

सोही प्रकारले लोकसभा सांसद इन्द्र हाङ सुब्बाले विद्यार्थीहरूलाई भारत सरकारको यस पहलबाट आनन्द लिनुपर्ने साथै भ्रमणबाट केही सिक्नु पर्ने सुझाउ दिए। उनले एनआईटी सिक्किमको नेतृत्व लिन र कार्यक्रमलाई सजिलो ढंगले समन्वय गरी सिक्किमका हरेक क्षेत्रहरूमा विद्यार्थीहरूले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोमा प्रशंसा गरे। एक भारत श्रेष्ठ भारतको पहल अन्तर्गत युवा संगम भारत सरकारको शिक्षा मन्त्रालयको प्रमुख कार्यक्रम हो। कार्यक्रमको उद्देश्य विभिन्न राज्यहरूमा बहु-आयामिक एक्सपोजर मार्फत भारतका विभिन्न राज्यका युवाहरू बीच भाइचारा र एकतालाई बढावा दिनु हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *