तीन राज्यमा वान्टेड डकैतको पुलिस भिड़न्तमा मृत्यु

Encounter.webp

असम: कुख्यात डकैत किनाराम बोड़ो शुक्रवार उदालगुड़ी जिल्लाको रौतामा पुलिससित भएको भिड़न्तमा मारिएका छन्। यस भिड़न्तमा दुई पुलिसकर्मी पनि घाइते भएका छन्। उदालगुड़ी जिल्लाको ओरंग पुलिस थानांतर्गत गेलबिल निवासी डकेत कीनाराम बोड़ोले असम लगायत पश्चिम बंगाल र मेघालय पुलिसलाई पनि हैरान बनाएको थियो। डकेत किनाराम आफ्नो साथीसित बन्दुक लिएर यस क्षेत्रमा कुनै घटनालाई परिणाम दिन आइरहेको सूचना पुलिसलाई प्राप्त भएपछि यसै सूचनाको आधारमा पुलिसले डकेतलाई कब्जामा लिनको लागि एउटा अभियान आरम्भ गयो। पुलिसलाई देखेर किनारामले गोली चलाउन थाल्यो। जवाफमा पुलिसले पनि गोली चलायो। उक्त भिड़न्त रोता थाना अन्तर्गत दैफांग नलबाड़ी बाजार नजिक धनश्रीखुटी गाउँ नम्बर १ निवासी एक व्यक्तिको घरको पछाडितिर बगैचामा भएको थियो।
आत्मरक्षामा पुलिसले गोली चलाउँदा कीनाराम बोडो मारिए भने उसको साथी त्यहाँबाट भाग्न सफल भयो। भिड़न्तमा घाइते पुलिसकर्मीहरूमा सब इन्स्पेक्टर हिरज्योति पेगु र कन्स्टेबल सुकुमार बर्मनलाई उपचारको निम्ति उदालगुड़ी चिकित्सालयमा भर्ना गरिएको छ। हिरकज्योतिको गम्भीर स्थितिलाई ध्यानमा राखेर उन्नत उपचारको निम्ति उनलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएको छ ।मृतक डकेत कीनाराम बोडो असम सहित तीनवटा राज्यहरूको वान्टेड सूचीमा सामेल थियो। पुलिसले मारिएको डकेतबाट एक पोइन्ट ९ एमएमको पेस्टल र गोलीहरू फेला पारेको छ। मेजिस्ट्रेटको उपस्थितिमा डकेतको शव पोस्टमर्टमको निम्ति अस्पताल पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *