‘जल’लाई ‘पानी’भन्दा यस्तो भयो…

00-1-Water

कोलकाता: पश्चिम बङ्गालको राजनीतिमा ‘जल’लाई ‘पानी’भन्ने विषयमा हंगामा मच्चिएको छ। अन्तर्राष्ट्रिय मातृ भाषा दिवसको अवसरमा बङ्गला भाषामा ‘पानी’ वा ‘दावत’ जस्ता शब्दहरू समावेश गरिएकोमा बङ्गालका प्रख्यात चित्रकार शुभप्रसन्नको टिप्पणीलाई मुख्यमन्त्री ममता ब्यानर्जी आफैंले असहमति जनाइन्। मुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट रूपमा भनिन्, ‘कसैले आमालाई ‘मदर’ भन्छन्, कसैले ‘अम्मा’। कसैलाई अस्वीकार गर्न मिल्दैन। त्यसैगरी कसैले जललाई ‘पानी’भन्छन्। जी  मानिसहरू देशमा आए उनीहरूले यो भाषा अपनाएका छन्। म मातृभाषा परिवर्तन गर्न सक्दिन, मैले सिकेको कुरा कसरी परिवर्तन गर्नसक्छुl’ बङ्गला भाषामा अन्य भाषाका शब्दहरू समावेश गरेकोमा शुभप्रसन्नको आपत्तिमा मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो टिप्पणी गरेकी थिइन्, तर उनको टिप्पणीलाई लिएर राजनीतिक बहस शुरु भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *