तृणमूल नेतृमाथि उठ्यो कुटपीटको आरोप

efd99405-6472-43fa-ae7a-043ccdd41659

कालचिनीः एउटा पारिवारिक कलहको क्रममा हातपात औ कुटपीटको घटना प्रकासमा आएपछि कुटाई खाने पीड़ित परिवारले पुलिसबाट न्याय नपाएको गुनासो गर्दै शुक्रबार कालचिनी बीडीओ कार्यालयमा आएर गुहार लगाएको छ भने उक्त पीड़ित परिवार सदस्यहरूले कुटपीट गर्ने तृणमूल जयगाउँ २ नम्बर अञ्चल सभापति रिना साह विरुद्ध बीडीओ कार्यालय परिसरमा आएर नाराबाजी गरेको दृश्य परिलक्षित भएको थियो। घटना अनुसार जयगाउँ स्थित गोर्खा भवनमा बुधबार राती सम्पन्न एउटा वैवाहिक जलसा चलीरहेकोबीच जयगाउँ २ नम्बर अञ्चल सभापति रिना साहको भाई अजय साह र जयगाउँ सुपरमार्केट निवासी सञ्जित साहबीच भनाभैरी चल्दाचल्दै हातापाई शुरु हुँदा रिना साहको भाई अजय साह लगायत सम्पूर्ण परिवार औ मान्छे धुरीएर सञ्जित साहलाई नराम्रोघतले धुलाई गरेको थियो भने अञ्चल सभापतिको निर्देशमा जयगाउँ थानाको पुलिसबलले उल्टै कुटाई खाने सञ्जित साहलाई पक्राउ गरेर रातभरी थानाको हवालातमा राखेको तर कुटपीट गर्ने नेतृको भाई विरुद्ध पुलिसले केही आरोप स्वीकार नगरेको पीड़ित सञ्जित साहको परिवार सदस्यहरूले आरोप कसेको छ।
पुलिसले पक्षपात गरेको भन्दै शुक्रबार पीड़ित सञ्जित साहको परिवार सदस्यहरू कालचिनी बीडीओ समक्ष न्यायको गुहार लगाउन आएको थियो भने दुवै नशामा चुर भएर झगड़ा भएको तर कुटाई र कानुनी कारवाही चैँ सञ्जित साहले मात्र खान परेको आरोप लगाएका छन्। यता उपरोक्त सम्बन्धमा तृणमूल जयगाउँ २ नम्बर अञ्चल सभापति रिना साहले मिथ्या अभियोग सञ्जित साहको परिवारले लगाईरहेको र तिनलाई बदनाम गर्ने षड़यन्त्र रचिएको बताएकी छन्। आफूले जनताको सेवा गरीरहेको तर कतिपय मानिसहरूले बदनाम गर्न पारिवारिक कलहलाई बाहिर ल्याएर बदनाम गर्ने षड़यन्त्र चलाएको जनाएकी छन्। तथापि पीड़ित सञ्जित साहको परिवार सदस्यहरूले नेतृ भएकोले केवल आफ्नो भाईलाई बचाएको तर यस्तो पक्षपात हुन नदिने भन्दै कालचिनी बीडीओ समक्ष न्यायको गुहार लगाउन आएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *