नाम्चीमा जिल्लास्तरीय नेबरहुड पार्लिमेन्ट आयोजित

Untitled-1-copy-35

गान्तोकः नेहरू युवा केन्द्र नाम्ची र नाम्ची सरकारी महाविद्यालयको संयुक्त पहलमा आज नाम्ची सरकारी महाविद्यालयको प्रेक्षागृहमा जिल्लास्तरीय नेबरहुड पार्लिमेन्ट आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई मञ्च प्रदान गरेर विभिन्न मुद्दाहरूमा आफ्नो विचार व्यक्त गर्न र उनीहरूको दैनिक जीवनलाई असर गर्न सक्ने स्थानीय सरकारको ध्यान आकर्षण गराउनु रहेको थियो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाम्ची सरकारी महाविद्यालयका प्रचार्य डा. दिपक तिवारी रहेका थिए।

आफ्नो छोटो सम्बोधनमा उनले विद्यार्थीहरूलाई शिक्षा, रोजगारी र वातावरणलगायत उनीहरूले महत्त्वपूर्ण विषयहरूमा बोल्ने र आफ्ना विचारहरू साझा गर्ने अवसर पाएको बताए। उनले युवाहरूलाई विश्वव्यापी सहयोगको महत्त्व, दिगो विकास र उनीहरूको दैनिक जीवनमा असर गर्ने मुद्दाहरूको बारेमा अवगत गराए। यस अवसरमा सामूहिक नृत्य र हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *