सिलगढ़ी युनाइटेड एफसी-को हिमाली बोर्डिंग स्कूलसँग अनुबन्ध

IMG-20230224-WA0289.jpg

२४ फरवरीः खेलप्रेमी युवा जमातलाई स्तरीय शिक्षाको साथमा फूटबल खेलको अत्याधुनिक प्रशिक्षण प्रदान गरी उज्ज्वल भविष्यको निम्ति तयार गर्न सिलगढ़ी युनाइटेड फूटबल क्लबले सिलगढ़ीको पत्थरघट्टा स्थित हिमाली बोर्डिंग स्कूलसँग हात मिलाएको छ। अब फूटबलप्रेमी युवा खेलाड़ीहरूले स्कूलमा स्तरीय शिक्षा हासिल गर्नको साथै उत्तर बंगालको अग्रणी क्लबका लाइसेन्सधारक प्रशिक्षकहरूबाट फूटबलको प्रशिक्षण पनि हासिल गर्न सक्नेछन्। स्थानीय खेलाड़ीहरूलाई असल मञ्च प्रदान गर्दै छोटो समयमै यस क्षेत्रमा आफ्नो छाप छोड़्ने सिलगढ़ी युनाइटेड फूटबल क्लबको एकाडमीले युवा खेलाड़ीहरूका हितमा निरन्तर कार्य गर्दै आइरहेको छ। यसपाली क्लबको हिमाली बोर्डिंग स्कूलसँग साझेदारीले सफलताको नयाँ आयाम थप्ने सिलगढ़ी युनाइटेड एफसी-का प्रमुख अनिमेश लामाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *