पवन चामलिङले लोकसभा अध्यक्ष र राज्यपालसॅंग भेट

6777

गान्तोकः एसडीएफ अध्यक्ष पवन चामलिङले आज लोकसभा अध्यक्ष ओम विरलासॅंग शिष्टाचार भेट गरे। यसका साथै उनले राज्यका नवनियुक्त राज्यपाल लक्ष्मणप्रसाद आचार्यसॅंग पनि भेट गरे। लोकसभा अध्यक्षसितको भेटमा एसडीएफ अध्यक्ष चामलिङले राज्यको वर्तमान अवस्थाबारे अवगत गराए। उनले राज्यमा लोकतन्त्रको पुनर्स्थापनाका लागि लोकसभा अध्यक्षसॅंग आग्रह गरे।

यसैगरी, चामलिङले नवनियुक्ति राज्यपाललाई एसडीएफ पार्टी र सिक्किमेली जनताका पक्षमा स्वागत गर्दै सफल कार्यकालका निम्ति शुभकामना अर्पण गरे। एसडीएफ अध्यक्षसित पार्टीका वरिष्ठ नेतागण एवं पदाधिकारीहरूको पनि उपस्थिति थियो प्रेस विज्ञप्तिमा उल्लेख छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *