अहिले वितरण गरिरहेको पर्जा पट्टाले हामीलाई जमीनको मालिकबाट किरायादार बनाईरहेको छ: सन्दीप लिम्बु

IMG-20230224-WA0287.jpg

दार्जिलिङ: वर्तमानमा राज्य सरकार र जीटीएले वितरण गरिरहेको पर्जा पट्टाले हामीलाई जमीनको मालिकबाट किरायादार बनाईरहेको गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको महासचिव सन्दीप लिम्बुले अारोप लगाएका छन्। उनले दार्जिलिङमा पत्रकार सम्मेलन गरेर हाम्रो मान्छे जमीनको मालिक हो तर अहिले जमीनको किरायादार बनाईरहेको र किरायादारमा बस्ने मानिस कहिले पनि जमीनको मालिक हुँदैन भनी बताएका छन्। उनले अघि भने, ‘८ डेसिमलमा केवल दुईवटा घर बनिन्छ, त्यसमा प्रश्न आउँछ कि चियाबारीमा जत्ति पनि जमीन छ ८ डेसिमल दिएर अरू जमीन कम्पनीले लाने षड़यन्त्र भईरहेको छ। पहाड़मा अस्सी प्रतिशत जमीनको मालिकलाई किरायादार बनाउने कुरालाई हामी घोर विरोध गर्दछौं।”
सन्दीप लिम्बुले अघि भने, ‘चियाबारीको जमीनलाई रेभ्युन्यु जमीनमा परिवर्तन गरिएको भए राम्रो हुने थियो तर बगानको जमीन सरकारले लाने षड़यन्त्र भईरहेको छ।’
गोरामुमो दार्जिलिङ ब्राञ्ज कमिटीको महासचिव सन्दीप लिम्बुले लोन धरि नपाउने यो कस्तो पर्जा पट्टा भन्दै पत्रकारहरूका सामुन्ने च्यातिदिएका छन्। उनले उक्त पर्जा पट्टा काम नलाग्ने र अहिले परिस्थितिको यो पर्जा पट्टालाई डिनाई गर्नुपर्छ भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *