विरोध प्रकट गर्दै दार्जीलिङमा हाम्रो पार्टीले टाँस्यो पोस्टर

00-1-IMG-20230224-WA0243

दार्जीलिङ: राज्यको सत्ताधारी पार्टी टीएमसीले विधानसभामा बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित गरेको बेला राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासी बताएको भन्दै हाम्रो पार्टीले विरोध जनाएको छl यसको विरोध जनाउँदै हाम्रो पार्टीले शुक्रबार दार्जीलिङको चौक बजारमा पोस्टरहरु टाँसेको छ। टाँसिएको पोस्टरमा ‘राज्यको एकजना जिम्मेवार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भन्दा सरकारसँग मिलेर काम गर्छु भन्नेहरू किन मौन छ?’….. ‘आज हामी ससम्पूर्ण गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको छ, भोलीको दिनमा हामीलाई यहाँ लखेटन पनि बेर लगाउँने छैन जनता होसियारl’…..‘हामी समस्त गोर्खाहरूलाई अनुवेशकारी भनेको हो, त्यसकारण हामी एक भएर यसको विरोध गरौँ’ पोस्टरहरुमा यसरी लेखेर शहरको चौक बजारको भित्तामा हाम्रो पार्टीले टाँसेको छ। पोस्टर टाँसेपछि हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य आशिष छेत्रीले भने, ‘गत केही दिन अघि राज्यको एकजना जिम्मेदार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भनेका छन्l यसको विरोधमा हामीले यो पोस्टर टाँसेका हौँl’ उनले अझ भने, ‘पहिला पहिला त एक दुई संस्थाहरूले हामी गोर्खाहरूलाई विदेशी भन्ने गर्थे, तर अहिले राज्यको विधानसभाबाट एक जिम्मेदार मन्त्रीले हामीलाई अनुप्रवेशकारी भन्दैछ यो हामी भारतीय गोर्खाहरूमाथि चिन्ताको विषय होl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *