सोनादा: सोनादा आउट पोस्टका पुलिस अधिकारीहरूको अपीलमा समष्टि सभासद अनोश थापाको पहलमा आज जीटीए सिचाई विभागीय सचिव भाष्कर मोक्तान, सिचाइ एवम् जलमार्ग विभाग, खरसाङका कार्यकारी अभियान्ता रतनकुमार दर्नाल, सह अभियान्ताद्वय जितेन्द्रकुमार दर्नाल, चन्दन प्रधानद्वारा सोनादा बजारको नाला स्थलगत सर्वेक्षण गरियो। सभासद अनोश थापाकै अगुवाईमा गरिएको सर्वेक्षण अवधि समष्टि कमिटीका अध्यक्ष सोनाम लामा, महासचिव सुकदेव राई, कोषाध्यक्ष मनकुस राई, सह सचिव लभराज सुब्बा साथै अन्य सामेल थिए। केही दिन यता सोनादा बजारको नाला बुच्चिएको छ। यदि पानी परे त्यो नालामा जमिएर बसेको फोहोर सबै सडकमा जताभावी हुने अवस्था छ। उक्त नालाको मरमत्तिको लागि विभागीय अधिकारीहरूद्वारा सर्वेक्षणको कार्य गरेका छन्।