प्लास्टिक मुक्त वार्ड बनाउन पार्षद अभया बसुको अनौठो पहल

सिलगढी: सिलगढीको वार्ड नम्बर २०-का पार्षद अभया बसुले प्लास्टिक मुक्त वार्ड बनाउने उद्देश्य लिएर एउटा अनौठो पहल शुरु गरेको छ। ११९ वटा प्लास्टिक र एउटा प्लास्टिकको बोतलको बद्लीमा एक किलो चामल पाइनेछ। सिङ्गल युज प्लास्टिकको प्रयोग बन्द गरेर सहरलाई सफा अनि स्वच्छ राख्नको लागि सिलगढी नगरनिगमले केही कदम उठाएको छ। प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउनको साथै सहरको विभिन्न बजारहरूमा लगातार अभियान चलाइरहे तापनि प्लास्टिकको प्रयोग पूर्ण रूपमा बन्द भएको छैन। यसैले अब पार्षद अभया बसुले प्लास्टिक मुक्त वार्ड बनाउने उद्देश्य लिएर अभिनव कार्यक्रमको शुरुआत गरेको छ। पार्षद अभया बसुले आज २० नम्बर वार्डको बागराकोर्ट संलग्न पार्षद कार्यालय अघि ११९ प्लास्टिक र एउटा प्लास्टिकको बोतलको बद्लीमा मानिसहरूलाई एक किलो चामल प्रदान गरिन्। यस अवसरमा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकारसहित अन्य मानिसहरू उपस्थित थिए। मेयर गौतम देवले तिनको उक्त पहलको सराहना गरे। अर्कोतिर, डेपुटी मेयर रञ्जन सरकारले भने, सिङ्गल युज प्लास्टिक समाजको लागि हानिकारक हो। तिनले सिङ्गल युज प्लास्टिकको उपयोग बन्द गर्ने अपील गरे। यसैगरी, अभया बसुले भनिन्, वार्डमा केही मानिसहरूको बीपीएल कार्ड छैन। वृद्ध अवस्थाको कारण केही मानिसहरूले काम पाउँदैनन्। तर यस प्रकारको कार्यक्रमबाट यस्ता मानिसहरूले सम्मानको साथमा चामल लैजान सक्नेछन्। प्लास्टिक मुक्त वार्ड बनाउनको लागि उक्त कार्य जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement