हामी अनुप्रवेशकारी होइनौं, जमीनसंग आएका हौं: आशिष छेत्री
दार्जीलिङ: गोर्खा विरोधी मन्त्रीको बयानमाथि हाम्रो पार्टीले आपत्ति जनाउँदै दार्जिलिङको चौक बजारमा गोरामुमोले पोस्टरिङ गरेको छ।गत केही दिन अघि रज्यको सत्तारूढ दल तृणमूल कंग्रेसले विधान सभामा बंगाल विभाजनको विरोधमा प्रस्ताव पेश गरेका थिए। त्यस अवधि राज्यको एकजना जिम्मेवार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासी बताएका थिए। जीटीए सभाको निर्वाचित ९ जना सभासदहरूले आपत्ति जनाउँदै गत केही दिन अघि १२ घण्टाको अनशन समेत बसेका थिए भने आज हाम्रो पार्टीले शहरको चौक बजारमा पोस्टर टाँसेका छन्। उक्त टाँसिएको पोस्टरमा ‘राज्यको एकजना जिम्मेवार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भन्दा सरकारसंग मिलेर काम गर्छु भन्नेहरू किन मौन छ? हामी समग्र गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको छ,भोलिको दिनमा हामीलाई यहाँ लखेट्न पनि बेर लगाउने छैन जनता होसियार रहनुपर्छ। हामी समस्त गोर्खाहरूलाई अनुप्रबेशकारी भनेको हो,त्यसकारण हामी एक भएर यसको विरोध गरौं” आदि जस्ता लेखिएको पोस्टरहरू शहरको चौक बजारमा हाम्रो पार्टीले टाँसेका छन्। चौक बजारमा पोस्टर टाँसेपछि हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य आशिष छेत्रीले गत केही दिन अघि राज्यको एकजना जिम्मेवार मंत्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी भनेका छन्। यसको विरोधमा हामीले यो पोस्टर टाँसेका हौं तिनले भने।पहिला पहिला त एक दुई संस्थाहरूले हामी गोर्खाहरूलाई विदेशी भन्ने गर्थे तर अहिले राज्यको विधानसभाबाट एक जिम्मेवार मंत्रीले हामीलाई अनुप्रवेशकारी भन्दैछ यो हामी भारतीय गोर्खाहरूमाथि चिन्ताको विषय हो छेत्रीले भने। आज हामी गोर्खाहरूलाई अनुप्रवेशकारीको कठघरामा खडा गर्ने काम गरेको छ,यस्तो स्थितिमा हामी एकबद्व हुन अति नै जरूरी छ। राजनीति एक छेउमा छ अनि चुनाव आउँछ जान्छ तर आज यहाँ समस्त गोर्खा जातिलाई अनुप्रवेशकारी कठघरामा खडा गर्ने काम गरेको छ हामी यसको घोर विरोध जनाउँछौ साथै हामी समस्त गोर्खा जातिलाई एकबद्व हुने आह्वान पनि गर्छौं छेत्रीले भने।गोर्खाहरूमाथि यस्ता लाञ्छाना र आरोपहरू लगाउने कार्यहरू हुन्छ भने हामी त्यसको विरोध जनाउँने छौं। हामी अनुप्रवेशकारी होइनौ,जमीनसंगै आएका हौ हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य आशिष छेत्रीले भने।