२४ फरवरीः ओलम्पिकमा दुईपल्टकी पदक विजेता भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धु आफ्ना प्रशिक्षक पार्क ताए सांगसँग अलग भएकी छन्। दक्षिण कोरियाका प्रशिक्षकले शुक्रवार यसको पुष्टि गर्दै भारतीय खेलाड़ीको हालको निराशाजनक प्रदर्शनको जिम्मेवारी लिए। पार्क ताए सांगले आफ्नो इन्स्टाग्राम पेजमा लेखेका छन्, म पीभी सिन्धुसँग आफ्नो सम्बन्धबारे कुरा गर्न चाहन्छु, जसलाई लिएर धेरैले प्रश्न गरिरहेका थिए। हालका म्याचहरूमा उनले केही निराशाजनक कदम उठाएकी छन् अनि प्रशिक्षकको रूपमा यो मेरो जिम्मेवारी हो। यसैकारण उनी (सिन्धु) बद्लाउ चाहन्छिन्। उनले नयाँ प्रशिक्षक खोज्ने भएकी छन्। मैले उनको फसेलालाई सम्मान अनि स्वीकार गर्ने फसेला गरेको छु। आउँदो ओलम्पिकसम्म उनीसँग रहन नसक्दा मलाई खेद छ तर म उनलाई समर्थन गर्न जारी राख्नेछु। पार्क ताए सांगको मार्गदर्शनमै सिन्धुले टोक्यो ओलम्पिकमा काँस्य पदक अनि गत वर्ष राष्ट्रमण्डल खेलहरूमा स्वर्ण पदक जितेकी थिइन्।