खरसाङ: खरसाङको २९ नम्बर तथा खरसाङ गिद्धे समष्टि अन्तर्गत स्प्रिङ साइडमा जल जीवन योजनाको विधिवत शिलान्यास गरिएको छ। स्प्रिङ साइड चियाबारी क्षेत्रको लागि २,१७,४५,०१२ ( दुई करोड़ सत्र लाख पैतालिस हजार बाह्र ) रूपियाँ लागत खर्चमा रहेको हर घर जल योजनाको कामको शिलान्यास गरिएको छ। उक्त शिलान्यास समारोहका मुख्य अतिथि जीटीएको कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा गरियो भने खरसाङ गिध्द पहाड़ समष्टिका सभापति पेमेन्द्र गुरुङको बाहुलीद्वारा भूमि पूजा गरियो।

स्प्रीङ साइडको सार्वजनिक भवनमा आयोजित शिलान्यास कार्यक्रममा सभासद श्याम शेर्पा, भागोप्रमो खरसाङ महकुमा अध्यक्ष सुवास प्रधान, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान, पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती लगायत अन्यहरू उपस्थित थिए।