सिलगढी: हालै सिलगढीको एक होटलमा आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ। सिटु दार्जिलिङ जिल्ला समितिको आह्वानमा शुक्रबार दिउँसो १ बजे सिलगढी एसडीओलाई ज्ञापन पत्र बुझाइएको थियो र यस दुखद घटनाको छानबिन र सुनुवाइको माग राखिएको थियो। होटलमा भएको आगलागीमा मजदुर परिमल दासको मृत्यु भएको घटनाको छानबिन गर्न माग गर्दै सिटुको दार्जिलिङ जिल्ला समितिका सदस्यले एसडीओ कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।