फाँसीदेवा: एकजना बङ्ग्लादेशी गाई-गोरु तस्करलाई फाँसीदेवा थानाको भारत बङ्ग्लादेश सिमानाको कालुजोत इलाकाबाट फाँसीदेवा थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति ४० वर्षीय मोहम्मद खलीलको रूपमा चिन्हित गरिएको छ। जानकारीअनुसार रातिको अँध्यारोमा गाई-गोरु बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले मोहम्मद खलील अवैध रूपमा बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेका थिए। सिमाना इलाकाबाट पुलिसले तिनलाई पक्राउ गरेको हो। पुलिसले मोहम्मदबाट बङ्ग्लादेशी १० रुपियाँको तीनवटा नोट उद्धार गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।