गान्तोक: आज शुक्रबार भाजपा प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्ट सिक्किमको राजदानी गान्तोक सिक्किम विधानसभामा पहिलोपल्ट हिजदेखि शुरू भएको दुइदिने कामनवेल्थ पार्लियामेण्टेरी एसोसिएशन, इण्डिया रिजन, जोन ३ को १९औं वार्षिक सम्मेलनमा अंश ग्रहण गर्न आइपुगेका छन्।यसभन्दा अघि सिक्किमको मुख्य प्रवेशद्वार रम्फुमा यहाँको टुरिष्ट सेन्टरमा सिक्किम रम्फुका एसडीपीओ एलबी छेत्री, गृह विभागका एपीओ गोपाल पाठकलगायत पर्यटन विभागका अन्य पदाधिकारीहरूले सांसद विष्टलाई भव्य रूपमा स्वागत जनाए। सांसद राजु विष्टले आज अन्तिम दोस्रो दिनको कामनवेल्थ पार्लियामेण्टेरी एसोसिएशनको वार्षिक अधिवेशनमा अंशग्रहण गर्ने भएका छन्।