सिलगढी: हिजो सिलगढीको सेभोक रोडस्थित एउटा गैर सरकारी होटलमा सीआईआई (कनफेडरेसन अफ इन्डियन इन्डस्ट्री) नर्थ बेङ्गलको वार्षिक सभा सम्पन्न भयो। यो सभामा प्रदीप अग्रवाल सीआईआई को नयाँ चेयरम्यान नरेन्द्र गर्ग भाइस चेयरम्यानको रूपमा चयन गरियो। यस अवसरमा कुचबिहार जिल्लाशासक पवन कादियान, सीआईआई – का पदाधिकारी तथा अन्य सदस्यहरू उपस्थित थिए। उक्त सभामा प्रोजेक्टको माध्यमद्वारा गत दिनको विभिन्न कार्यहरूबारे पूर्व चेयरम्यान प्रदीप पुरोहितले जानकारी गराए।

नवनिर्वाचित चेयरम्यान प्रदीप अग्रवालले भने, आगामी दिनमा हामी राम्रोसँगले कार्य गर्नेछौँ। नर्थ बेङ्गल इन्डस्ट्रीलाई कसरी अघि बढाएर लैजाने भन्ने विषयमा प्रयास गरिनेछ। अर्कोतिर, भाइस चेयरम्यान नरेन्द्र गर्गले भने, औद्योगिक विकासमा समस्याहरू भए सबैजना मिलेर ती समस्याहरूको समाधान गर्नेछौँ।