क्यान्सर रोगीलाई आशारिका फाउन्डेसनद्वारा आर्थिक सहयोग

Screenshot_20230224_165649_WhatsApp.jpg

सोनादा: विपन्न परिवारको क्यान्सर रोगीहरूलाई सहयोग गर्ने आफ्नो प्राथमिक उद्देश्य अनुसार आज आशारिका फाउण्डेशन रंगबुलले ८ वर्षीय क्यान्सरको शङ्कास्पद बालक निर्देश गुरुङ (रङबुलको बालासनको बन्द चियाबारीका श्रीमकको छोरा) लाई सहयोगको हात बढाएको छ। उनलाई रुपियाँ ५०००० भेल्लोर जाने साथै दुई वटा रेल टिकट पनि उपलब्ध गराएको छ। यस अवसरमा आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्रीले भने, ‘हामीले उहाँलाई क्रिस्टियन मेडिकल कलेज, भेल्लोरमा रेफर गरेका छौं जहाँ उनको २८ फरवरीमा अपोइन्टमेन्ट छ। उक्त रकम उनको आफान्तहरूले रङ्गबुलको आशारिका फाउन्डेसन डे केयरबाट हस्तान्तरण गरेका छन्। हामी निर्देशलाई जसरी पनि सहयोग गर्न जारी राख्नेछौं।’ आजको कार्यकाममा आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्री, आशारिका फाउण्डेशन सदस्यहरु सरण कुमार लिम्बु, निमा डोमा डुक्पा र पुप्पु अग्रवाल र आशारिका”फाउण्डेशन बालासनको शिक्षिका सिमा सुब्बा आदिको उपस्थिति रहेको थियो। निकट भविष्यमा निर्देशको सफल उपचारपछि निको भएर फर्कोस् भन्ने कामना र ईश्वरसँग प्रार्थना गर्दछौं भनी बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement