बाघडुग्रा: बाघडुग्रा थाना अन्तर्गत गोसाईपुर चेकपोस्ट संलग्न स्वप्नेश्वरी बोल्ला रक्षा काली मन्दिरमा चोरी भएको छ। रातिको अँध्यारोको फाइदा उठाएर केही दुष्कृतिहरूले सो मन्दिरको ताला भत्काएर माताको गर गहना चोरी गरेको बताइएको छ। आज बिहान मन्दिरमा चोरी भएकोबारे थाहा पाएपछि बाघडुग्रा थाना पुलिसलाई घटनाबारे खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।