सिलगढी: मुख्यमन्त्रीको कार्यक्रमको लागि कञ्चनजङ्घा स्टेडियमको मैदानमा मञ्च बनाउन केही खाल्डो खनेकोले गर्दा मैदान क्षतिग्रस्त बनेपछि विभिन्न महलमा विवाद शुरू भएको छ। यसैले सरकारी कार्यक्रम समाप्त भएपछि स्टेडियमको मैदानलाई फेरि अघिकै रूप दिन सिलगढी नगरनिगम तत्पर रहेको छ। मेयर गौतम देव, नगर कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्यले आज कञ्चनजङ्घा स्टेडियमको निरीक्षण गर्यो। निरीक्षणपछि मेयरले भने, मैदानको गड्डाहरूलाई आज नै पुरेर चाँडै पहिलाकै जस्तो बनाइनेछ। यसबाहेक कञ्चनजङ्घा स्टेडियमलाई नयाँ रूपमा सजाइने योजनाको काम चलिरहेको छ। यसको लागि पनि विभिन्न विभागका अधिकारीहरूसित बैठक गरिरहेको छु।