नाम्चीमा एसडीएफ युवा नेता रमेश राईमाथि प्राणघातक आक्रमण

IMG-20230223-WA0314.jpg

गान्तोक: दक्षिण सिक्किमको अप्पर सल्लेबुङ निवासी रमेश राई नाम गरेका एक युवकमाथि प्राणघातक आक्रमण भएको छ। पुलिस सूत्रकाअनुसार घट्ना हिजो राती करिब साड़े नौ बजीको हो। पीड़ितकी बहिनीले पुलिसलाई दिएको जानकारीअनुसार दुई अज्ञात व्यक्तिले घरभित्र पसेर उनको दाजुमाथि प्राणघातक आक्रमण गरेको हो। नाम्ची पुलिसले यस घट्ना सम्बन्धमा आइपीसी-को धारा ३२४, ४५२ र ५०६ अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्यवाही शुरु गरेको छ।

उल्लेखनीय छ, पीड़ित रमेश राई विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका एक सक्रिय युवा नेता हुन्। उनीमाथि भएको यस आक्रमणको घट्नालाई लिएर राजनीति पनि शुरु भएको छ। एसडीएफ पार्टीले यस घट्नाको पछि सत्तारुढ़ एसकेएम पार्टीको हात रहेको आरोप लगाएको छ। पछिल्ला केही समयदेखि यसरी नै धेरैजना एसडीएफ कार्यकर्ता र नेतामाथि सत्तारुढ़ पार्टीद्वारा आक्रमण भएको एसडीएफ पार्टीको आरोप रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *