केन्द्रीय मन्त्री निर्मला सितारमनको भ्रमणलाई लिएर तयारी सभा

IMG-20230223-WA0312.jpg

गान्तोक: केन्द्रीय वित्त मन्त्री निर्मला सितारमनको उत्तर जिल्ला भ्रमणलाई लिएर आज एक तयारी सभा सम्पन्न भयो। चुङथाङका महकुमा अधिकारीको कार्यालयमा सम्पन्न भएको यस सभाको अध्यक्षता मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले गरेका थिए। यस अवसरमा उत्तर जिल्लाका पुलिस अधिक्षक, अतिरिक्त जिल्लापाल,पिपन्स लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। विशेष गरेर आगामी २८ फरवरीको दिन केन्द्रीय वित्त मन्त्री निर्मला सितारमनले लाचेनको भ्रमण गर्ने कार्यक्रम रहेको छ। सभालाई सम्बोधन गर्दै जिल्लापाल छेत्रीले केन्द्रीय मन्त्रीको आगमनलाई लिएर तयारी सम्वन्धि विस्तृतरूपमा अवगत गराए। उनले विभागका सबै अधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर काम गर्नु पर्ने निर्देश दिएका छन्। सोही प्रकारले पुलिस अधिक्षकले ट्राफिक व्यवस्थापनबारे जानकारी गराउँदै मौसम सम्वन्धि जानकारी लिनु पर्ने र सानो अक्सिजनको व्यवस्था गरिनु पर्ने विषयमा जोर दिए। उनले सेना र राज्य प्रशासनबीचको सञ्चार सुस्त रुपमा स्पष्ट हुनुपर्ने र कार्यक्रमलाई सुचारु रुपमा सञ्चालन गर्नमा कुनै प्रकारको बाधा उत्पन्न हुन नदिने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *