कुचबिहारः जिल्लाको भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रण्टियरको जलपाइगढी सेक्टर अन्तर्गत छैटौं बटालियन समीक्षा सुरक्षा बलको बर्डर आउट पोस्ट ओरानका जवानहरूले एक भारतीय नाबालिग केटालाई समातेको छ। समातिएका नाबालिग कुचबिहार जिल्लाको मेखलीगंज निवासी हुन्। बिहिवार बीएसएफले प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको छ। जानकारी अनुसार, नाबालिग केटालाई त्यस समय पक्राउ गरियो जब उनी सीमा क्षेत्रमा डम्पिङको निम्ति ई-रिक्शामा गुप्त रूपमा २१० किलोग्राम धान र १५० किलोग्राम चिनी लिएर गइरहेका थिए।
‘सोधपुछमा नाबालिगले बांग्लादेशका तस्करहरूलो उक्त सामग्री सुम्पिन गइरहेको बताए। यसपछि, जवानहरूले सामान जफत गरेर नाबालिगलाई मेखलीगंज थानालाई सुम्पिदिएको छ।