लोकसभा अध्यक्ष ओम बिरला सिक्किममा

hhhh

गान्तोकः राजधानीमा आज बिहीवारदेखि शुरू हुन लागिरहेको कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलनमा भाग लिन लोक सभा अध्यक्ष ओम बिरला गान्तोक आइपुगेका छन्‌। उनी आज बागडोगरा हवाई अड्डाबाट हेलिकएरमा यहाँको लिबिङस्थित सेनाको हेलीप्याङमा उत्रिए। हेलीप्याङमा लोक सभा अध्यक्ष बिरलालाई विधायी एवं संसदीय मामिला मन्ती केएन लेप्चा, विधानसभा उपाध्यक्ष साङ्ग लेप्चा, लोक सभा सांसद इन्द्रहाङ सुब्बा, राज्यका मुख्य सचिव वीबी पाठक, डीबीपी एके सिंह, भारतीय सेनाका अधिकारीहरू तथा अन्यहरूले स्वागत जनाए।

यस दुई दिवसीय सम्मेलनको उद्घाटन आज लोकसभा अध्यक्ष ओम बिरलाले गर्नेछन्‌। यस सम्मेलनमा भाग लिन राज्यसभाका उपाध्यक्ष हरिवंश एन. सिंह सिक्किम आइपुगिसकेका छन्‌। सम्मेलनमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्ती प्रेमसिंह तामाङ, भारतमा विधायिका निकायका अध्यक्षता अधिकारीहरू, सांसदगण, सिक्किम विधानमण्डलका सदस्यहरू लगायत अन्यको सहभागिता रहनेछ।

दुई दिवसीय सम्मेलनमा संसद अनि विधानसभा जनताको निम्ति पहुँचयोग्य बनाउन, लागू औषधिको दुरुपयोग र अघिको मार्ग, साइबर बदमाशी विषयबारे विचार-विमर्श गरिनेछ। सम्मेलनको समापनमा लोकसभा अध्यक्ष ओम बिरलाले २४ फरवरीको दिन समापन भाषण दिनेछन्‌। जानकारी गराइन्छ, सीपीएको इण्डिया रिजनमा चारवटा जोन रहेको छ जसमा जोन ३-मा पूर्वाततरका आठवटा राज्य सामेल रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *