भाजपाको सरकारमा पूर्वोत्तर क्षेत्रमा उल्लेखनीय विकास भयोः मुख्यमन्त्री तामाङ

Untitled-1-copy-34

गान्तोकः वर्ष २०१४-मा भारतीय जनता पार्टीको नेतृत्वमा केन्द्रमा सरकार गठन भएपछि पूर्वोत्तर क्षेत्रहरूको उल्लेखनीय विकास भएको मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राष्ट्रमण्डल संसदीय संघ, इण्डिया रिजन, जोन ३-को दुई दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै बताए। पूर्वोत्तर राज्यहरूलाई देशको मूलधारामा ल्याउन प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा शुरु गरिएको एक्ट ईस्ट नीति पूर्वोत्तर राज्यहरूको निम्ति बरदान साबित भएको मुख्यमन्त्री तामाङले दावी गरे। यसअघि पूर्वोत्तर राज्यहरू केवल भोट ब्याङ्क मात्र रहेको उल्लेख गर्दै अहिले विकासको मूलधारामा अघि बढ़िरहेको उनले सम्मेलनलाई जानकारी गराए। यसको निम्ति उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै आभार प्रकट गरे।

वर्ष १९७५-देखि सिक्किम देशको २२औं राज्य हुनसाथै राष्ट्रमण्डल संसदीय संघको सदस्य बनेको स्मरण गराए। तथापि, सिक्किममा लोकतान्त्रिक ढाँचाको अभ्यास यस भन्दा अघि नै शुरू भएकोबारे अवगत गराए। सिक्किम राज्यले पहिलोपटक राष्ट्रमण्डल संसदीय संघ इण्डिया रिजन जोन ३-को सम्मेलन आयोजन गर्ने सौभाग्य पाएकोमा खुशी व्यक्त गर्दै यसको निम्ति सम्बन्धित निकायलाई धन्यवाद दिए। सिक्किम राज्यको विषयमा संक्षिप्तमा जानकारी गराउँदै मुख्यमन्त्री तामाङले राज्यले मेरो रूख मेरो सन्तति, आमा योजनाजस्ता दूरगामी सोंच राखेर कार्य शुरु गरेको जानकारी गराए। मुख्य रूपले तीन विषय संसद अनि विधानसभा जनताको निम्ति कसरी अझ सहज बनाइनुपर्ने, नशालु पदार्थ रोकथाम एवं अघिका मार्ग अनि साइबर बुल्लिङबारे छलफल गर्न आयोजित यस दुई दिवसीय सम्मेलन फलदायी हुने मुख्यमन्त्री तामाङले आशा व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *