पञ्जाब: अमृतपालका समर्थकहरूद्वारा अमृतसरको पुलिस थानामा हमला

00-1-Punjab

अमृतसर: खालिस्तान समर्थक संगठन ‘वारिस पञ्जाब दे’का हजारौं मानिसहरूले बिहीबार अमृतसरको अजनाला पुलिस थानामा हमला गरे। उनीहरुको हातमा बन्दुक र तरवार थियो। संगठनका प्रमुख अमृतपाल सिंहका निकटतम लवप्रीत सिंह तुफानलाई पक्राउ गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए। उनीहरुको आक्रमणपछि दबाबमा आएको पञ्जाब पुलिसले आरोपीलाई रिहा गर्ने घोषणा गर्यो। भीडलाई रोक्न पुलिसले ब्यारिकेड लगाए पनि सो तोडेर भित्र पसे। झुमा–झाटकीमा ६ जना पुलिस घाइते भएका छन्। अमृतपाल सिंहले भने, ‘पुलिस जवान घाइते भएको गलत समाचार फैलाइँदैछ। तथ्य यो हो, उनी लडेर घाइते भएका थिए। हाम्रा १०-१२ जना घाइते भएका छन्l’ उनले तुफान सिंहलाई २४ घण्टाभित्र रिहा गर्न चेतावनी दिए। अमृतपालको चेतावनी अमृतसरका पुलिस आयुक्त जसकरण सिंहको बयान पछि आएको हो। उनले भने, ‘तुफान छोदिन्दै छl उनका समर्थकहरूले उनको निर्दोषताको प्रशस्त प्रमाण दिएका छन्l यस विषयमा अनुसन्धान गर्न एसआईटी गठन भइरहेको छ। अब यहाँ जम्मा भएका मानिसहरू शान्तिपूर्वक जानेन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement