हावड़ाः आरपीएफले एकपल्ट फेरि अन्य राज्यहरूबाट कोलकतामा नगदी र सून तस्करीको योजनाको खुलासा गरेको छ। हावड़ा जाने दुईवटा ट्रेनबाट करोड़ौं रूपियॉंको सून र ४० लाख नगद जफत गरिएको छ। यस घटनामा आरपीएफले दुई जनालाई पक्राउ गरेको छ। खुफिया सूत्रहरूबाट प्राप्त जानकारीको आधारमा आरपीएफको सीआईबीका जवानहरूले डाउन चम्बलमा छापा माऱ्यो। डानकुनी निवासी विकास कुमारको ब्यागबाट आरपीएफले तीन किलो चार सय ग्राम सूनको आभूषण फेला पारेको छ। यसको बजारमा लगभग एक करोड २७ लाख मूल्य रहेको छ।
पक्रा पर्ने यात्रीले उक्त आभूषणहरू ग्वालियरबाट कोलकाता लिएर आएको र बडाबजार क्षेत्रमा लिएर गइरहेको बताए। जफत गरिएका सूनका आभूषणहरू आयकर विभागलाई सुम्पिएको छ। जीएसटीबाट बाच्नका लागि ट्रेनमा सूनको ट्रेडिङ भइरहेको थियो। आयकर अधिकारीहरूले विवाहको सीजन भएकाले यस्तो ट्रान्जेक्शन अझ् बढ्नेछ। यसरी नै पटना-हावड़ा जनशताब्दी एक्सप्रेसमा पटना निवासी नीरज कुमारबाट आरपीएफको क्राइम ब्रान्चले लगभग ४० लाख नगद फेला पारेको छ। उसलाई पक्राउ गरेर नगदसहित आयकर विभागलाई सुम्पिएको छ।