कुचबिहारः सूनको दोकानमा लाखौँ रूपियॉंको चोरी भएको घटना प्रकाशमा आएको छ। घटना कूचबिहार-१ नम्बर प्रखण्डको माघपाला बजारमा बुधवार अबेर राति घटेको हो। घटनापछि क्षेत्रमा सनसनी मचिएको छ। जानकारी अनुसार, आज बिहान स्थानीय मानिसहरूले बजारमा एउटा सूनको दोकानको शटर तोडिएको देखे। यसपछि उनीहरूले दोकान मालिकलाई खबर दिए। दोकानबाट फलामको सन्दूकसहित मूल्यवान गर-गहनाहरू चोरी गरिएका छन्।
दोकान मालिकले लाखौँ रूपियॉंको सून-चॉंदीको गर-गहना चोरी भएको दाबी गरेका छन्। कुचबिहार थानाको पुलिस घटना स्थलमा पुगेर जॉंच शुरू गरेको छ।