कोलकताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीको पनि नाम जोडिएको छ। यस मामिलामा पक्राउ पर्ने तृणमूल युवा नेता कुंतल घोष, तापस मण्डल र गोपाल दलपतिले कालीघाट निवासी जुन काकूको मिडियामा बारम्बार नाम उल्लेख गरिरहेका छन्, उसको पत्तो लागेको छ।
उसको नाम सुजय कृष्ण भ्रद हो र उनी अभिषेक ब्यानर्जीको एकदमै नजिकको व्यक्ति हुन्। तापस मण्डलको डायरी र कुंतलको घरमा भेटिएको डायरीमा कालीघाट निवासी काकूको उल्लेख गरिएको थियो। नोकरीको निम्ति उम्मेदवारहरूले दिएको पैसा काकूकहॉं पुग्ने गर्थ्यो भन्ने दाबी गरिएको थियो। उनी एक दिन अगाडि मिडियामा आएका थिए। उनले उनको साहब अभिषेक ब्यानर्जी रहेको बताएका थिए। यसलाई लिएर ब्यानर्जी फेरि विपक्षी भाजपाको निशानामा आएका छन्।