लागुऔषध समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक छ: लोकसभा अध्यक्ष

00-1-Lok-Sabha-Speaker

लोकसभा अध्यक्षद्वारा गान्तोकमा सीपीए भारत क्षेत्रको १९औँ वार्षिक जोन-३ सम्मेलनको उद्घाटन

नयाँ दिल्ली: लोकसभा अध्यक्ष ओम बिरलाले बिहीबार सिक्किमको राजधानी गान्तोकमा सीपीए भारत क्षेत्रको १९औँ वार्षिक जोन-३ सम्मेलनको उद्घाटन गरे। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यसभाका उपसभापति हरिवंश, अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष तथा भारत क्षेत्र जोन-३ का चेयरम्यान पासाङ डी. सोना, सिक्किम विधानसभाका अध्यक्ष अरुण कुमार उप्रेती, भारतको विधायिका निकायका पीठासीन अधिकारी, संसद सदस्य, सिक्किम विधायिकाका सदस्य र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

यस अवसरमा गणतन्त्रमाथि छलफल र संवादमा जोड़ दिँदै ओम बिरलाले छलफल र संवाद लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको बताए। जनताका समस्या समाधान गर्ने मञ्चका रूपमा विधानमण्डललाई कुनै पनि हस्तक्षेप नहुने गरी मर्यादित छलफल र संवादको केन्द्र बन्न उनले जोड़ दिए। ‘यसरी नै हाम्रा जनताको लोकतन्त्रमा, लोकतान्त्रिक संस्थामा विश्वास बढ्दै जान्छ र हाम्रो लोकतन्त्र बलियो हुनेछ’, उनले भने। सम्मेलनका लागि छनोट गरिएका विषयहरूमाथि बोल्दै बिरलाले साइबर बुलिङ आजको परिप्रेक्ष्यमा धेरै सान्दर्भिक भएकोले विशेषगरी किशोर-किशोरी र युवाहरू यसबाट बढ़ी प्रभावित भएको बताए। लोकसभा अध्यक्ष बिरलाले सबै नागरिकलाई सबै प्रकारको सुरक्षा र संरक्षण प्रदान गर्ने यस्ता कानून बनाउने प्रयास रहेको बताए। उनले भने, ‘सुशासनमा दक्षता अभिवृद्धि र जनताको जीवनस्तर उकास्न सूचना प्रविधिको प्रयोग गरिनुपर्छ, तर यसका गल्तीबाट संस्था र जनतालाई जोगाउन पनि सुरक्षाको उपाय अपनाउनुपर्नेछl यस सम्मेलनमा छलफलले यो समस्या समाधान गर्न राम्रो तरिका निम्त्याउनेछl’

‘लागूऔषध दुरुपयोग र यो समस्या समाधानका लागि भावी योजना’ भन्ने विषयमा बोल्दै लोकसभा अध्यक्ष बिरलाले भने, ‘लागुऔषध दुरुपयोगले हाम्रो युवा पुस्तालाई असर गरिरहेको छ। यो समस्या उत्तरपूर्वी क्षेत्रको मात्र होइन, सम्पूर्ण भारतको होl’ यस विषयमा गत वर्ष २० र २१ दिसम्बर २०२२ मा संसदमा भएको विस्तृत छलफललाई उल्लेख गर्दै श्री बिरलाले यस विषयमा विस्तृत र गहिरो छलफलपछि सदस्यहरूले युवाहरूलाई शिक्षित गर्न देशभरि व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सदनबाट थाहा भएको बताए। उनले भने, ‘हामी भारतमा लागुऔषध दुरुपयोगको बढ्दो समस्याको अन्त्य गर्न सामूहिकताको भावनामा काम गर्नेछौँ र लागूऔषध मुक्त भारत निर्माण गर्न काम गर्नेछौँl’ जनप्रतिनिधिले यस दिशामा जनचेतना जगाउने र समाजभित्रका युवालाई सही दिशा दिन काम गर्ने विश्वास उनले व्यक्त गरे।

संसद र विधानसभालाई जनता/नागरिकका लागि थप पहुँचयोग्य बनाउने विषयमा बोल्दै लोकसभा अध्यक्ष बिरलाले सूचना प्रविधिको प्रयोगबाट संसद र विधानसभा अनि जनताबीचको सक्रिय सहभागिता बढ़्नु उल्लेखनीय रहेको बताए। ‘हामीले अझ सक्रिय सहभागिता निर्वाहन गर्नुपर्छ’, डिजिटल संसदको जिकिर गर्दै उनले भने, ‘प्रविधिको सहायताले विधायिकाको कामलाई जनतामाझ पुर्‍याउने काम भइरहेको छ। यससँगै सामाजिक सञ्जालबाट पनि उनीहरूसँग अन्तरक्रिया भइरहेको छ। जनताको आशा र आकांक्षाअनुसार कानून निर्माण गर्ने प्रक्रियामा जनताको बढ़ी सहभागिता हुन जरुरी छl’

पूर्वोत्तर राज्यहरूको आर्थिक सम्भावनाको बारेमा बोल्दै उनले पर्यटन, नवीकरणीय ऊर्जा, जैविक खेती र हस्तकलाको क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। यस क्षेत्रका जनताको सीपलाई राष्ट्रिय र विश्व बजारसँग कसरी जोड़ेर यो सिङ्गो क्षेत्रको समृद्धि होस् भन्ने रणनीति बनाउनुपर्ने उनले सुझाव दिए। उनले देशका संविधान निर्माताहरूले देखेका समृद्ध, विकसित र आत्मनिर्भर भारतको निर्माण गर्ने वाचा लिनुपर्ने बताए। लोकसभा अध्यक्ष बिरलाले अझ भने भने, ‘सीपीए भारत क्षेत्रको जोन-३ एक अत्यन्त महत्त्वपूर्ण प्लेटफार्म हो। यो यस्तो सक्रिय जोन हो, जसमा पूर्वोत्तर क्षेत्रका विधायकहरूसँग धेरै विषय र मुद्दाहरूमा छलफल र संवादहरू हुन्छन् र यस संवादबाट धेरै विषयमा साझा समाधान निस्कन्छl’ उनले पूर्वोत्तर क्षेत्रका यी विधानसभा र जनप्रतिनिधिको संयुक्त प्रयासबाट यी क्षेत्रको आर्थिक र सामाजिक जीवनमा ठूलो परिवर्तन आएकोमा जोड़ दिए।

कोभिड महामारीको अवधि विश्वले डिजिटल संसारलाई अपनाउन थालेको उल्लेख गर्दै राज्यसभाका उपसभापति हरिवंशले भविष्यको तयारीका लागि भारतीय संसद पनि डिजिटलाइजेसनतर्फ अघि बढ़ेको बताए। उनले विधायिका निकायहरूसँग सार्वजनिक अन्तरक्रिया अभिवृद्धि गर्न आईटीमा नयाँ सुधार भइरहेको बताए। डिजिटल संसद एप र राष्ट्रिय ई-विधान एप्लिकेशन यस दिशामा क्रान्तिकारी कदमहरू रहेको उनको भनाइ छ। उनले ‘संसद र विधानसभालाई जनता/नागरिकका लागि थप पहुँचयोग्य बनाउने’ एजेण्डाको विषयमाथिको छलफलमा सहभागीहरूले पारदर्शी विधानसभासँग आमजनताको प्रभावकारी अन्तरक्रियाका लागि भइरहेको प्रयासलाई प्रकाश पार्ने विश्वास व्यक्त गरे। सम्मेलनको दोस्रो विषय ‘साइबर बुलिङ’ बारे कुरा गर्दै उनले भने, ‘डिजिटल रूपमा सशक्त राष्ट्र बन्न नयाँ डिजिटल प्रविधि अपनाउने हाम्रो मिशनमा साइबर बुलिङजस्ता नकारात्मक पक्ष पनि रहेको छl’ साइबर बुलिङका घटनाहरूमा भारतलाई अग्रणी क्षेत्रको रूपमा देखाउने विश्वव्यापी तथ्याङ्कलाई उद्धृत गर्दै उनले सम्मेलनले यस उदीयमान चिन्ताको समाधान खोज्ने आशा व्यक्त गरे। एजेण्डाको तेस्रो बुँदा अर्थात् ‘लागुऔषध दुरुपयोग र यो समस्या समाधानका लागि भावी योजना’ भन्ने विषयलाई सम्बोधन गर्दै उनले लागुऔषध दुर्व्यसनको त्रास सिङ्गो देशले सामना गरिरहेको बताए। ‘हामी विश्वको सबैभन्दा युवा राष्ट्र हौँ’,  भन्ने बारेमा बताउँदै उनले युवाहरूलाई नयाँ भारतको लागि तयार गर्न यो समस्यालाई जरैबाट हटाउन आग्रह गरे।

यस अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उपस्थित सबैलाई स्वागत जनाए। आफ्नो वक्तव्य मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सम्पूर्ण पूर्वोत्तर क्षेत्रले उल्लेखनीय र दूरगामी परिवर्तन देखेको बताए। उनले आजको समयमा पूर्वोत्तर क्षेत्र राजनीतिक मञ्चबाट विकासको मञ्चमा परिणत भएको बताए। यस क्षेत्रमा भएका धेरै विकास कार्यको उल्लेख गर्दै उनले मल्टिमोडल कनेक्टिभिटीजस्ता पूर्वाधार विकासका कारण राज्य र यस क्षेत्रले अभूतपूर्व प्रगति गर्नसक्ने बताए। यस्तै अन्य सबै आयाममा पनि प्रगति र उन्नति भइरहेको उनले बताए। भारत सरकारको एक्ट ईस्ट नीतिको प्रशंसा गर्दै मुख्यमन्त्री तामाङले यस्ता नीति यस क्षेत्रका लागि वरदान साबित भएको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तर क्षेत्रलाई दिएको ‘अष्टलक्ष्मी’ नामको सन्दर्भमा मुख्यमन्त्री तामाङले यो पहलले यस क्षेत्रका जनताको मनोबल र क्षेत्रको प्रतिष्ठा र सम्मान बढ़ाएको बताए।

आफ्नो मुख्य सम्बोधन राख्दै अरुणाचल राज्य विधानसभाका अध्यक्ष तथा, सीपीए जोन-३ चेयरम्यान पासाङ डी. सोनाले भने, ‘राष्ट्रमण्डल संसदीय सङ्घले लोक महत्त्वका मुद्दाहरूमा सान्दर्भिक चर्चाका लागि देश र दुनियाँका कानून निर्माताहरूलाई एकसाथ ल्याउनमा अग्रणी भूमिका निर्वाहन गरिरहेको छl’ उनले सीपीए भारत क्षेत्रको जोन खखख नियमित रूपले सम्मेलन आयोजन गरिरहेकोमा प्रसन्नता जाहेर गरे। उनले विगत २५ वर्षमा पूर्वोत्तर क्षेत्रले विभिन्न विषयमा १९ वटा सम्मेलन आयोजना गरेको स्मरण गरे। पूर्वोत्तर क्षेत्रको अनुपम संस्कृति, जैव विविधता, भाषा आदिको उल्लेख गर्दै उनले भने, ‘पूर्वोत्तरका मानिसहरूले धेरै साझा चुनौतीहरूको सामना गरिरहेका छन् र त्यस्ता सम्मेलनहरूले क्षेत्रका समस्या र चुनौतीहरूमा सामूहिक छलफलको अवसर प्रदान गर्दछl’ उनले लागुऔषध दुरुपयोग र साइबर बुलिङजस्ता समस्या अहिलेको युगको प्रमुख समस्याका रूपमा देखा परेको बताए। देशको भविष्यका रूपमा रहेका युवा वर्गलाई मुख्य रूपमा प्रभावित पार्ने भएकाले आजको समयमा यी समस्याबारे छलफल गरी उपयुक्त समाधान खोज्नु अत्यन्त जरुरी रहेको उनले बताए।

स्वागत सम्बोधन राख्दै सिक्किम विधानसभाका अध्यक्ष अरुण कुमार उप्रेतीले सम्मेलनको उद्घाटन गरेकोमा लोकसभा अध्यक्ष ओम बिरलालाई धन्यवाद दिए। उनले यस्ता सम्मेलन कानून निर्माता र आम जनताबीच सम्बन्धित विषयमा ज्ञान र विद्वताको एक आदर्श मिश्रण हुने बताए। उप्रेतीले जनप्रतिनिधिले आफ्नो जिम्मेवारी अझ प्रभावकारी ढङ्गले निर्वाह गर्न सम्मेलनबाट मार्गदर्शन पाउने आशा व्यक्त गरे। यसअघि, आफ्नो आगमनमा बिरलाले सिक्किम विधानसभा परिसरमा गार्ड अफ् अनरको निरीक्षण गरे। पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement