आजदेखि माध्यमिक परीक्षा शुरु: खरसाङ क्षेत्रबाट १०१० जनाले दिए परीक्षा

IMG-20230223-WA0286.jpg

खरसाङ: आजदेखि यस वर्षको माध्यमिक परीक्षा शुरु भएको छ। सूचना अनि सांस्कृतिक विभागबाट प्राप्त जानकारी अनुसार यसपाली खरसाङ क्षेत्रबाट जम्मा १०३४ जनाले माध्यमिक परीक्षा दिने भनिए पनि आज पहिलो दिन २४ जना अनुपस्थित भएपछि खरसाङ क्षेत्रबाट जम्मा १०१० जनाले माध्यमिक परीक्षा दिएका छन्। यस अन्तर्गत खरसाङ बजार क्षेत्रबाट यसपाली जम्मा ५२३ जनामा २४१ जना छात्रहरू र २८२ जना छात्राहरूले माध्यमित परीक्षा दिने भनिए पनि २ छात्रा र १ छात्र गरी जम्मा तीनजना अनुपस्थित रहेका थिए। त्यसरी नै सिटोङ लाटपञ्जार क्षेत्रबाट १४ जनामा ९ जना अनुपस्थित रहेकोले आज १४६ जनाले माध्यमिक परीक्षा दिएका थिए। त्यस्तै प्रकारले तीनधारे क्षेत्रबाट जम्मा ३५६ जनामा १२ जना अनुपस्थित रहेपछि जम्मा ३४४ जनाले दिएका थिए।

आजदेखि शुरु भएको उक्त माध्यमिक परीक्षा आगामी ४ मार्च २०२३ सम्म चल्नेछ। प्राप्त जानकारी अनुसार यस वर्ष खरसाङ महकुमा अन्तर्गत १० वटा परीक्षा केन्द्र रहेका छन्‌। खरसाङ शहरमा सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय रहेका छन्‌ भने खरसाङ शहरदेखि बाहिर तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँड़ा कन्या उच्च विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, सुकना उच्चत्तर विद्यालय, लाठपञ्चार उच्च विद्यालय अनि पञ्चवती उच्च विद्यालय रहेका छन्‌। माध्यमिक परीक्षा सुचारू अनि शान्तिपूर्ण सम्पन्न गराउनको निम्ति प्रशासनले विभिन्न नियमहरू लागु गरेको जानकारी प्राप्त भएको छ।

परीक्षाको अवधिभरि बिहान ९ बजेदेखि बेलुका ३ बजेसम्म परीक्षा केन्द्र वरिपरि १ सय मिटरको दुरीमा १४४ धारा लगाइएको छ। यस अवधिमा पाँच वा पाँचभन्दा अधिक मानिसहरू भेला हुने अनि संगै हिँड़नदेखि प्रतिबन्ध लाग्ने छ। परीक्षा केन्द्रदेखि २ सय मिटरको दुरीमा रहेका सबै फोटोकपी केन्द्रहरू परीक्षाको अवधिभरी बन्द राखिन पर्नेछ। लाउड स्पिकर, माइक्रोफोन, एम्लिफायर आदि जस्ता अधिक ध्वनी प्रवाह गर्ने उपकरणहरूमाथि परीक्षा समाप्त नभएसम्म प्रतिबन्ध लगाइएको छ। परीक्षा केन्द्रमा अनाधिकृत व्यक्तिहरूको प्रवेशमाथि प्रतिबन्ध रहनेछ। पुलिस, सेना अथवा अर्धसैनिक बाहेक अन्यलाई परीक्षा केन्द्रको १ सय मिटर भित्रको दुरीमा धारिलो हतियार, लौरो अथवा डण्ठा बोकेर हिँड़न निषेध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement