दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्स आज मिरिक भ्रमणको अवधिमा सो क्षेत्रका हाम्रो पार्टी अध्यक्ष प्रशान्त लामालाई साथमा लिएर प्रेस विज्ञाप्ति जारी गर्दै आउँदो केही दिनभित्रमा नक्कली टेट परिक्षाको खुलासा गर्ने घोषणा गरेका छन्। केही वर्ष अघि दार्जीलिङ पहाडमा शिक्षक भर्ना लिएर टेट परिक्षा गरिएको थियो, उक्त टेट परीक्षामा ४० हजार भन्दा बढी युवाक-युवतीहरूले भाग लिएको उनले बताएका छन्l अजय एड्वर्ड्सले भने, ‘आज यतिका वर्षहरू बितिसक्दा पनि टेट परिक्षाको अनुरूप केही कार्य भएको छैन। त्यस दिनको टेट परीक्षा नकली रहेको थियो भन्ने प्रमाण आइसकेको छl’
‘हामी अनुप्रबेशकारी होइनौ, हामीमाथि लगाएको लान्छना भूल्ने छैनौं’

‘पश्चिम बङ्गालको विधानसभामा हामीमाथि लगाएको लान्छना हामी कदापी भूल्न सक्दैनौ’, अध्यक्ष अजय एडवाडर्सले यस्तो मन्तव्य पोखेका छन्। यस बारेमा एक प्रेस विज्ञाप्ति जारी गर्दै उनले यसो भनेका छन्, ‘हिजो अस्तिसम्म सिलगढी-तराई आदि क्षेत्रहरूमा हामी भारतीय गोर्खाहरूलाई विदेशीको आरोप र लान्छनाहरू लगाउँदै आइरहेको थियोl तर आज बङ्गालको विधानसभामा राज्यको जिम्मेवार मन्त्रीले हामीलाई अनुप्रवेशकारी भन्दैछ, यो भन्दा ठूलो चोट हामी गोर्खाहरूको निम्ति अरू के हुनसक्छ? राज्यको सत्ताधारी दल तृणमूल कांग्रेसले विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पेश गर्ने क्रममा राज्यका एकजना जिम्मेदार मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासीको लान्छना लगाएका छन्l’ आफूहरू विरोध जनाउँदै अनशनमा बसेको बारेमा उनले भने, ‘हामी नौजना सभासदहरूले यी विषयहरूको विरोध जनाउँदै अनशनमा बसेका थियौं अनि हामीले १२ घण्टाको पहाड बन्द राख्ने पहाडवासीहरू समक्ष आहवान गरेका थियौंl तर हाम्रो मुख्य विषयदेखि जनतालाई भटकाएर बन्दको बारेमा गलत प्रचारप्रसार गर्ने कामहरू गर्योl’