दार्जीलिङ: विधायक रूदेन सादा लेप्चाको कार्यले कालेबुङबासीको शीर झुकेको छ यो मनतब्य हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले पोखेको हो। राज्यको सत्ताधारी दल तृणमूल कांग्रेसले विधानसभामा बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पेश गर्दा कालेबुङका विधायक रुदें सादा लेप्चा चुपचाप बसेको भन्दै हाम्रो पार्टी प्रबक्ता श्याम गौतमले आलोचना गरेका छन्। त्यस अवधि दार्जीलिङको भाजपाका विधायक नीरज जिम्बा र खरसाङको भाजपाका विधायक बीपी बाजगाइले अलग राज्य गोर्खाल्याण्डको पक्ष राख्दै बङ्गाल विभाजनविरुद्धको प्रस्तावलाई जनाएको उनले बताएका छन्l ‘कालेबुङका विधायक रूदेन सादा लेप्चा चुपचाप बसेर कालेबुङवासीको शीर झुकाउने काम गरेको छ’, श्याम गौतमले भने।
उनले भने, ‘बङ्गाल विभाजनविरुद्धको प्रस्ताव पेश गरेर पारित गर्दा जीटीएका निर्वाचित नौजना सभासदहरूले १२ घण्टाको अनशनमा बसेर विरोध जनाउँने काम गरेको थियोl शायद यस्तो प्रकारको विरोध दार्जीलिङ पहाडमा पहिलोपल्ट भएको हुनसक्छl विगतको आन्दोलनमा जनताले दु:ख पाउँथे, तर अहिले जनताले होइन नेतृत्वहरू सडक ओर्लिएर विरोध प्रदर्शन जस्ता कार्यहरू गर्दैछन्। जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर जनताको आखाँमा धूलो हाल्ने काम गरेको थियोl’